नेपालगंज-कार्तिक १,गते
रिहान इद्रिशी
जनता समाजबादी पार्टी नेपाल युवानेता बांके क्षेत्र नं ३[ख] को उम्मेदवार बिजय कुमार पाठक जनताका समस्या समाधान गर्नका लागि आफू राजनीतिमा लागेको बताएका छन्।
जनताका समस्याबारे आफूलाई जानकारी रहेको पनि उनले बताए। ती समस्या समाधान गर्न आफू कटिवद्ध भएर लाग्ने पनि उनले बताए। जानकी गाउँपालिकाका वडा न. ५ बकस्पुर्वा गाउँमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उनले जनतालाई खानेपानी, सडक र किसान लाई रासायनिक मललगायत आवश्यक पर्ने भएकोले उक्त कुराहरूको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए।
प्रतिनिधीसभा बांके क्षेत्र नं ३ उम्मेदवार नोयेन्द्र धिताल ले काँग्रेस एमाले मधेसी जनताको हक र अधिकार माथी सधैं कुठाराघात गर्दै आएकाले अब सबै नेपालीको हित रक्षाका लागी आफुहरुलाई निर्वाचित गराउन उनले आम मतदाता सँग पनि आग्रह गरे ।