काठमाडौं- अशोज ३१,गते
सोमबार काठमाडौंको गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएका हुन् ।
केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे । मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि उनले स्पष्ट पारे ।
आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भूमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको उनले बताए । आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहिता उल्लंघन गरेको उजुरीहरु आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्नपनि निर्देशन दिए ।
आचारसंहीता पालना भएको नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने बताउँदै आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सम्बन्धमा कानुनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे ।