बांके-आश्विन ३१ गते
बांके प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजबादी पार्टी नेपालका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । जसपा तर्फबाट बांके क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा का उम्मेदवार नोयेन्द्र धिताल र प्रदेशसभा ३ [ख] का उम्मेदवार बिजय कुमार पाठक जानकी गाउँपालिकाका १ न. वडामा जोगागाउमा घरदैलो शुरु गरेका छन ।
मतदाता सँग प्रत्यक्ष भेटघाटका क्रममा प्रतिनिधीसभाका उम्मेदवार नोयेन्द्र धिताल ले जसपा का उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । यो निर्वाचन क्षेत्रको अपेक्षाकृत बिकास हुन नसकेको अवस्थामा अब युवाले परिर्वतनका लागी अगाडी आउनु पर्नेमा उम्मेदवार प्रदेशसभा ३ [ख] का उम्मेदवार बिजय कुमार पाठक ले जोड दिए ।
लोकतन्त्रको उपलब्धी रक्षाका लागी जसपाका उम्मेदवार जिताउन आवश्यक रहेको प्रदेशसभा ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार ग्यासुद्दिन खानले बताए । काँग्रेसले मधेसी जनताको हक र अधिकार माथी सधैं कुठाराघात गर्दै आएकाले अब सबै नेपालीको हित रक्षाका लागी आफुहरुलाई निर्वाचित गराउन उनले आम मतदाता सँग आग्रह गरे । जानकी गाउँपालिका जनता समाजबादी पार्टी नेपालका अध्यक्ष धर्मराज बर्मा लगायतको सहभागीता रहेको छ ।