बांके-असोज ३० गते
जानकी गाँउपालिकाका ३ नम्बर वडा अध्यक्ष राजकुमार कुर्मी (बाबू) ले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न बाढी तथा डुबान क्षेत्रको डाटा संकलन गर्नका लागि वडा सदस्य हुसेनी अहिर को नेतृत्वमा प्रहरी र रेडक्रसको टोली समेत टोल बस्तीमा खटिएर डाटा संकलन पूर्ण रूपमा सुरु गरियेको |
बाढीले जानकी गाँउपालिकाका वडा नम्बर ३ का कर्मोहना इंद्र्पुर पसिनपुर जुगुंभरिया बन्जारेगाउ रम्वापुर मोतीपुर मा वडाका अध्यक्ष, राजकुमार कुर्मी [बाबू] को अगुवाई मा स्थानीय प्रहरी, रेडक्रासकर्मी, स्वयसेक र स्वास्थ्य संस्थाका पर्ति निधी लाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिनु भएको हो । जानकी गाँउपालिकाका ३ नम्बर वडामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने वडा अध्यक्ष राजकुमार कुर्मी (बाबू) ले बताउनुभयो ।