सकिल इद्रिशी
बांके-आश्विन २९ गते- नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी मिरा रावलले जानकारी दिनु भयो । नेपालगञ्ज मेडिकल कालेजका डाक्टर आसिम किदवाइ, डाक्टर रोमन किदवाइको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।
५४ वर्षीय शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको नेपालगञ्ज मेडिकल कालेजले बताइएको छ । शाहको स्वास्थ्य अवस्थामा समस्या देखिए पछि पुर्व मन्त्री मोहम्मद इश्तियाक राई, जसपाका नेता अतहर हुसेन फारुकी, अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।