लिमरा खबर संवाददाता
नेपालगंज-असोज ९
सत्ता गठबन्धनमा रहेका दलहरूले आज देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल गर्ने तयारी गरेका हुन् ।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले सत्ता गठबन्धनमा रहेका दलहरू छिटो सिटबाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा परेका छन् ।