नेपालगंज-आश्विन ८ गते
बिजय कुमार पाठक बाँके क्षेत्र नम्बर ३ मा पहिचान बनाएको नाम हो । पाठक मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट प्रदेससभा सदस्य पदमा जसपा पार्टी बांकेको सिफारिसमा परेका छन ।
जसपा पार्टी भित्र र बाहीर लोकप्रिय रहेका पाठक गठबन्धका तर्फबाट टिकट पाएमा बाँके क्षेत्र नं ३ ख मा सहज जित हुने आम कार्यक्रर्ताको बुझाई छ ।समाजमा वर्ग विभेद, अन्याय अत्याचार सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि पाठक २०७४ सालमा स्व्तंत्र उमेदवार प्रदेश सभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट चुनाबमा उठेका थिए। २०७४ साल प्रदेश सभाको निर्वाचनमा ४ हजार २ सय ४२ मत प्राप्त गरे का थिये। तत्कालिन बाम गठबन्धनका तर्फबाट पाठक लाई बाबुराम गौतमले पराजित गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ का स्थानिय वासिन्दा रहेका पाठक सामाज सेवा र राजनीतिक क्षेत्रमा चासो राखने गर्दछन । उनि २०७५ सालमा खजुरा कैंसर अस्पताल बिकास समितीको अध्यक्ष बनेका थिए । बाँके क्षेत्र न. ३ ख बाट आफु प्रदेश सांसद बनेको खण्डमा सो क्षेत्रको समग्र बिकासका लागी योगदान गर्न सकिने उनको बुझाई छ ।
जनताको मुक्तिको यात्रामा रहेकोले आफु प्रदेशसभा सदस्य पदका लागी उपयुक्त पात्र भएको उनको भनाई छ। लिमरा खबरलाई जांकारी दिंदै पाठक ले बाँके क्षेत्र न.३ [ख] का जनता को घर दईलो मा पुगी रहेको र कार्यक्रर्ताको माग पनि बिजय कुमार पाठक भन्ने छ र म आउदा जसपा पार्टी क्षेत्र न.३ केन्द्रीत हुने भएकाले आफु अगाडी सरेको उनि बताउछन । २०७९ सालको प्रदेश सभाको निर्वाचनमा भने जसपा पार्टीले कस्लाई उम्मेदवार बनाउँछ, त्यो भने जसपा कार्यकर्ता मात्रै नभएर बाँके क्षेत्र नम्बर–३ ख का सिंगो बासिन्दाले चासोका साथ हेरिरहेका छन् ।