नेपालगंज-असोज ७ गते।
बाँके जिल्ला भेरी अस्पताल विकास समितिका नव नियुक्त अध्यक्ष सकिल अहमद जसगढले शुक्रबार पदभार ग्रहण गरेका छन।
अस्पतालले आयोजना गरेको स्वागत तथा पदभार कार्यक्रममा बोल्दै अध्यक्ष जसगढले आफू केही लिन भन्दा पनि अस्पताल विकास समितिको अध्यक्ष पदमा रहेर गरिब,दुखि विरामीले सर्वसुलभ रुपमा गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भनेर लाग्ने बताए । उहाँले आफ्नो एक मात्रै उद्धेश्य रहेको भेरी अस्पताल लाई लुम्बिनी ,कर्णाली ,र सुदूरपश्चिम को नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखेको जिकिर गरेका थिए ।
आफू यस क्षेत्रमा नयाँ रहेकोले सबैको राय,सल्लाह ,सुझाव लिएर नै अगाडि बढ्ने बताउनुभयो । सो अवसरमा आफ्नो बावुको सम्झना मा अस्पताल परिसरमा संचालनमा रहेको सुलभ रुपमा विरामी,र तिनका कुरुवाहरुलाई खाना खुवाउने अन्जली रेसोइलाई एक दिन को सम्पूर्ण खर्च रु २५००१ दिएका थिए
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईले अस्पतालकाे बारेमा बताउँदै अस्पतालकाे अवलोकन समेत गराएका थिए । त्यस अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशाेक काेइरालाले अस्पताललाई आवश्यक पर्ने उपकरण, जनशक्ति उपलब्ध गराउन स्थानीय तहदेखि केन्द्रसम्म पहल गर्ने बताए ।