बांके-असोज ६ गते ।
जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । बाल यौन दुरुपयोग मुद्दा तथा लेंदेन मुद्दामा दुई जना फरार रहेको प्रतिवादीलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सम्मानित बाँके जिल्ला अदालतको चार वर्ष अघि जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेको कोहलपुर न.पा.११ बस्ने वर्ष ३१ को प्रकाश खत्री पक्राउ परेका हुन् । जिल्ला अदालतले खत्रीलाई २०७५ साल फागुन २ गते बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजाय को फैसला गरेको थियो ।
त्यस्तै लेनदेन मुद्दामा दोषी भइ फरार रहेका खजुरा गाउँपालिका पांच का ५० वर्षीय तुलसीराम खटिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खटिकलाई जिल्ला अदालतले २०७९-०५-१० गतेको फैसलाले जिल्ला बाँके खजुरा गा.पा. ५ बस्ने वर्ष ५० को तुल्शिराम खटिकलाई लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएकोमा निज हालसम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९-६-६ गते निजलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।