बांके-असोज ५ गते।
पांच दलिये गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार बुधबार माइतीघरमा कार्टुन प्रदर्शनी तथा सडक प्रदर्शन गर्ने, देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रम तय गरिएको छ ।
यस्तै असोज ७ गते राजधानीमा सडक बहस सञ्चालन गर्ने जनाइएको छ । राष्ट्रपतिले संविधानबमोजिम नागरिकता विधेयक पारित नगरेपछि विद्यार्थी संगठन रुष्ट भएका हुन् ।