बाँके- आश्विन ४ गते
डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कृष्णप्रसाद पौडेल आएका छन । लामो समय देखि रिक्त रहेको उक्त पदमा नयाँ आएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले आज देखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका गाँउपालिकाले जनाएको छ । मंगलबार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, लेखा प्रमुख रामबहादुर केसी लगायत कर्मचारीले स्वागत गरेका छन । यस अघिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायको अन्यत्र सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा पौडेल आएका हुन ।
कार्यालयको जिम्मेवारी सम्हाल्दै पौडेलले कानूनले दिएको अधिकार भित्र रहेर आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिएका थिए । कृष्णप्रसाद पौडेल यस भन्दा अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकिय अधिकृत र बाणिज्य कार्यालयका प्रमुखको जिम्मेवारीमा रहेका थिए ।