काठमाडौँ- भाद्र २९ गते
दशैंतिहारका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंतिहारका लागि नयाँ नोट साट्न थालेको हो। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ। एक जनाले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका नोट हुनेछन्।
नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने असोज २ बाट नयाँ नोट साट्ने छन्।