नेपालगञ्ज-भाद्र २८ गते
बाँके जिल्ला जानकी गाउँपालिकामा आर्थिक वर्ष ०७८/०७९ मा गुणस्तरीय सेवा प्रवाह गर्ने तीन स्वास्थ्य संस्था उत्कृष्ट घोषित भएका छन् । जानकी गाउँपालिका स्वास्थ्य शाखाले वार्षिक स्वास्थ्य समिक्षामार्फत गुणस्तरीय सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थालाई उत्कृष्ट घोषणा गरेको हो ।
उत्कृष्ट हुनेमा जानकी का प्रथम बेलभार स्वास्थ्य चौकी दित्तीय साईगाउँ स्वास्थ्य चौकी र तृतीय गनापुर स्वास्थ्य चौकी रहेको र डेंगु रोग रोकथाम र नियन्त्रणका लागि डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्ने र झुल लगाएर सुत्नुपर्ने आम सर्वसाधारणमा सचेतना जगाउने पालिकाबाट सूचना अभियान सुरु गरिएको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले जानकारी दिनभुयो ।