संवाददाता-नासिर कुरैशी मीडिया प्रभारी
बरेली-भाद्र २७ गते-दरगाह ए आला हजरत बरेली शरीफमा आयोजना हुने उर्स रिजवीको अवसरमा विश्व भरिबाट अनुयायीहरुले सहभागिता जनाउने गर्छन् । यसपटक उर्स -ए- रिजवी २१ सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म हुनेछ । दरगाह प्रमुख सुबहान रजा खान सुबहानी मियाँ र सज्जादा नशीन अहसन मियाँले संयुक्त रुपमा उर्सको बेनर सार्बजनिक गर्नु भएको छ ।
त्यस्तै दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले यसपटक उर्स -ए -रिजवीबाट समाजलाई केन्द्रित गर्दै संदेश दिने जानकारी गराउनु भयो । उहाले भन्नू भयो , समाजलाई विस्थापित गर्न अहिले सोसल मिडिया र मिडिया मार्फत नकारात्मक विचार र हिंसात्मक क्रियाकलापलाई बढावा दिएको देखिन्छ ।
जुन यसपटक उर्समा सहभागिता जनाउने उल्मा -ए -अहले सुन्नतले शान्ति सौहार्द आपसी भाइचारा र मानवताको संदेश दिएर प्रविधिको सदुपयोग र समाजलाई एकजुट बनाउन महत्त्वपूर्ण भुमिका खेल्नेछ । नूरीको अनुसार यसपटक मदरसा मञ्जरे ईस्लामको उल्मा, शिक्षक, तहरीक- ए -तहफ्फुज- ए सुन्नियत कि जिम्मेवार उल्मा- ए- अहले सुन्नतले बयान गर्ने सम्पुर्ण तयारी भैसकेको छ ।
शुक्रबार उर्सको तयारीका लागि बसिएको बैठकमा मिडिया प्रभारी नाशिर कुरैशीले बताए,` यसपटक उर्स ए रिजवीको मञ्चबाट महत्त्वपूर्ण संदेश दिइनेछ । उल्मा ए किरामको बयानका लागि विषेश समय रहनेछ । यसैको साथ साथै मसलक ए आला हजरतलाई विश्व समुदाय माझ पुर्याउने बारे पनि जानकारी गराइनेछ ।
उहाँले भन्नु हुन्छ , आलीम मुफ्ती र दीन ए ईस्लामको प्रचारप्रसार गर्नेहरुलाई शान्ति सौहार्द आपसी भाइचारा मानवताहितमा केन्द्रित प्रवचन गर्ने सुझाव दिने गरि कार्यक्रम हुनेछ । बैठकमा मौलाना जाहिद , हाजी जावेद खान, शाहिद नूरी , औरंगजेब नूरी, परवेज नूरी, ताहिर अल्वी,मंजूर खान, आसिफ रजा ,तारिक साइद लगायतले सहभागिता जनाउनु भएको हो ।