नेपालगञ्ज-भदौ २३
सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको आज निरीक्षण गरेका छन् ।नवनिर्मित भवनको निरीक्षण गर्दै मन्त्री चौधरीले औंला गनेरै तीन महिनामा काम सक्न निर्देशन दिएका छन् । निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. वद्रि चापागाईंले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याबारे अवगत गराएका थिए ।