नेपालगंज-भाद्र २१ गते
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, ले मानव वेचविखन तथा ओसारपसार विरुद्धको सोह्रौ राष्ट्रिय दिवस-२०७९ को अवसरमा मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित प्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननिय मन्त्री उमा रेग्मीले बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई सम्मान पत्र प्रदान गरिन् ।