नेपालगञ्ज-१२ भाद्र
जनता समाजवादी पार्टी नेपाल बाँके क्षेत्र नम्बर ३ का अध्यक्ष राजिब बर्मा को अध्यक्षता शुर्खेत रोड़ मा रहेको इंद्रेडी होटल मा बैठकबसी प्रतिनिधिसभा र प्रदेशसभा को उम्मेदवार को नाम सिफारिस जसपा बांके लाई गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर ३ ले जसपा बांके लाई प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर ३ का अध्यक्ष राजिब बर्मा को अध्यक्षतामां बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि मनोज़ दिछित र बलराम यादब लाई सिफारिस गरेको छ । यस्तै छेत्र नंबर ३ को प्रदेश (क) मा उदैराज यादव, बिष्णु केशी तथा प्रदेश [ख] मा बिजय कुमार पाठक राजेश कुमार बर्मा पर्बिन कुमार बर्मा को नाम सिफारिस गरेको जनता समाजवादी पार्टी नेपाल बाँके छेत्र नम्बर-३ का उपाअध्यक्ष अब्दुलकरीम इद्रिशिले जानकारी दिए ।