नेपालगञ्ज, भदौं ११
नेकपा एकीकृत समाजवादी सम्वद्ध युवा संघ संघ नेपाल बाँकेको अध्यक्षमा सुनील रसाईली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको जिल्ला भेलाले रसाईलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी दिपेन्द्र कुँवर र प्रकाश रसाईली उपाध्यक्ष , वकिल कुमार यादव सचिव,मदन बिक र सुनिल बर्मा र सुमन शाही उप–सचिव, तथा लक्ष्मी क्षेत्री कोषाध्यक्ष सहित ३३ सदस्यीय जिल्ला कमिटी गठन भएको युवा संघका महासचिवतथा नेकपा एस बाँकेका जिल्ला कमिटीका सचिव दिपक जिएमले जानकारी दिनुभयो । भेलामा नेकपा एसका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइराला, नेता दिपक जिएम, करिश्मा योगी, ऋषिराज पोख्रेल लगायतको उपस्थिती थियो । नेकपा एसले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरि संगठन विस्तार तथा परिचालन अभियानमा जुटेको छ ।