बैतडी- भदौ ६
बैतडीमा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका– ६ स्थित थालाकाडा स्वास्थ्यचौकीबाट महिलाको सोमबार उद्धार गरिएको हो ।आइबार सुत्केरी बेथा लागेर स्वास्थ्यसंस्था पुगेकी २० वर्षीया विन्दु धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रादेशीक अस्पताल लगिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए । महिलाको अवस्था थप जटिल बन्दै गएपछि उद्धार गरेर पठाइएको उनले बताए । दुर्गममा रहेको सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउनको लागि समय धेरै लाग्ने भएकोले सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतको अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउन सकिएन । जिल्ला अस्पतालमा पु¥याउन धेरै समय लाग्छ । फेरि केही समय पैदल पनि हिँड्नुपर्ने हुन्छ । अनि उद्धार गरेर पठाइयो ।