नेपालगञ्ज- नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।
यो लिमरा खबर डटकमको आधिकारिक डिजिटल न्युज पोर्टल हो सरकार,प्रतिपक्ष र समाजका हरेक गतिविधिमाथि पनि पलपल हाम्रो दृष्टि रहिरहने छ । नभनिएका र नलेखिएका आमजनताका कथा ब्यथा केलाउने जिम्मेवारी हाम्रो हो ।किनकी हामी निरन्तर निगरानी सहित लिमरा खबरको यात्रामा छौँ ।