नेपालगञ्ज, भदौं ३ । गृह जिल्ला बाँकेमा हुने विकास निर्मााण्का विभिन्न आयोजनाहरुको शिलान्यासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई शुक्रबार नेपालगञ्ज आईपुग्नुभएको छ । नेपालगञ्ज विमानस्थलमा विहान मन्त्री राईलाई जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ता तथा मन्त्री राईका शुभेच्छुकहरुले स्वागत गर्नुभएको थियो । मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट,उपप्रमुख कमरुद्धिन राई लगायतले समेत स्वागत गर्नुभएको थियो ।
जसपा बाँकेका सचिव राजेन्द्र बिश्वकर्माका अनुसार मन्त्री राईले यहाँ रहँदा विभिन्न विकास निर्माणका आयोजनाहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मन्त्रीमा नियुक्त भएपछि राईको यो दोश्रो बाँके भ्रमण हो ।