बांके श्रावण १६- नेपाली कांँग्रेस जानकी गाउँपालिका कार्यसमितिले जानकी गाउँपालिकाका पार्टी सभापति दयाराम यादवमाथि आक्रमण गर्नेलाई कारबाहीको माँग गरेको छ । कार्यसमितिले एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष यादवमाथि आक्रमण घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आक्रमणकारीलाई कारबाहीको माँग गरेको हो । कार्यसमितिले आइतबार जारी गरेको बिज्ञप्तिमा घटनाको निन्दा गरिएको छ ।
“२०७९ साल साउन १३ गते नेपाली कांँग्रेस जानकी गा.पा. पार्टी कार्यालयमा नेपाल सरकारले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको उपलक्ष्यमा दिप प्रजवलन कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम समापन पश्चात पार्टी सभापति श्री दयाराम यादव आफ्नो घर जाने क्रममा नहर बाटोमा केही अराजक तत्वहरु सुनियोजित रुपले दयाराम यादवलाई बाटोमा मोटर साइकल रोकी चाबी नियन्त्रणमा लिई निजलाई मोटर साइकलबाट तानि नहरमा लगि निर्धात कुटपिट गरी ज्यान मार्ने उद्देश्यले हमला गरेको अपराध प्रति नेपाली कांँग्रेस जानकी गाउँपालिका कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ ।” बिज्ञप्तिमा लेखिएको छ । घटनामा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरी दोषी उपर कडा कारबाही हुनुपर्ने जानकी गाउँपालिका सचिव टिकानाथ यादवले माँग गर्नुभएको छ ।